५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

एनआईसी एशिया बैंकद्वारा कृष्ण माध्यमिक विद्यालयलाई सहयोग प्रदान

५ भदाै, काठमाडाैं। एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छैमले, दक्षिणकाली नगरपालिका–८, काठमाडाैंमा अवस्थित कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ सहयोग आवश्यकता भएका गरिब तथा विपन्न विद्यार्थीहरुका लागि बैंकले विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।

बैंकले उक्त विद्यालयमा अध्यनरत २०६ भन्दा धेरै विद्यार्थीहरुको पठनपाठन अझ गुणस्तरीय र सहज बनोस् भन्ने उद्देश्यका साथ गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि भनेर ट्रयाकसुट, टिसर्ट र विभिन्न शैक्षिक सामग्रीहरु विद्यालयलाई प्रदान गरेको छ ।

 भदौ ४ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका काठमाडौ दक्षिण सर्कल हेड उज्ज्वल रिमाल र फर्पिङ शाखा प्रमुख श्री सुदिप रेग्मीले उक्त विद्यालयका प्रधानाध्यापक श्री रमेश आचार्यज्यूलाई उक्त सहयोग हस्तान्तरण गरे ।

बैंकले उक्त विद्यालयलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : August 21, 2026 at 5:50 pm