४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा नुवाकोटका सुदिप पक्राउ

४ भदौ, काठमाडौं । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका बडा नं. ७ बस्ने १९ बर्षका सुदिप कटुवाल रहेका छन् ।

साइबर ब्युरोका अनुसार सामाजिक सञ्जालमा नाबालिकासँग प्रेमसम्बन्धमा रहेको भन्दै विभिन्न सामग्री पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गरेको सम्बन्धमा परेको उजुरीका आधारमा ती युवकलाई भदौ ३ गते पक्राउ गरेकाे हाे ।

काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएर पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : August 20, 2026 at 6:03 pm