एकैदिन ९ हजार ३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
४ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन नौ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। चाँदीको मूल्य तोलामा २६० रुपैयाँले बढेर प्रतितोला चार हजार ८५५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँ रहेको थियो।
प्रकाशित मिति : August 20, 2026 at 11:02 am


