३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

एनआईसी एशिया डिबेन्चर सूचीकरण खारेज हुने

३ भदाै, काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले जारी गरेको एनआईसी एशिया डिबेन्चर २०८३/८४ परिपक्व हुने भएसँगै धितोपत्र दोस्रो बजारको सूचीकरणसमेत खारेज हुने भएको छ ।

बैंकले ७ वर्ष अवधिको १० दशमलव २५ प्रतिशत ब्याजदर कायम गर्दै १ अर्ब ९४ करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो ।

उक्त ऋणपत्र भदौ १० गते परिपक्क हुने भएको छ । कम्पनीले नेप्सेलाई ऋणपत्र परिपक्व हुने भएकाले दोस्रो बजारको सूचीकरण खारेजीको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : August 19, 2026 at 12:29 pm