गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण
३ भदाै, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय स्थानान्तरण गरेको छ । बैंकको २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम हाल काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयलाई स्थानान्तरण गरिएको हो ।
बुधबारदेखि लागू हुने गरी बैंकको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. ३, बालुवाटारस्थित बैंकको आफ्नै नयाँ भवनमा सारिएको बैंकले जनाएकाे छ । कार्यालय स्थानान्तरण भए पनि बैंकले दिने सेवा र सुविधाहरूमा कुनै परिवर्तन नहुने बैंकले जनाएकाे छ ।
प्रकाशित मिति : August 19, 2026 at 12:09 pm


