नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ७४ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
३ भदौ, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले पाँच जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई नै दिनुपर्ने प्रावधान बमोजिम उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयधरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर कमलादीस्थित बैंकको सेयर रजिष्ट्रारको कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै, तोकिएको समयावधिभित्र सो सेयर खरिदका लागि बैंकका सेयरधनीबाट कुनै आवेदन पर्न नआएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : August 19, 2026 at 10:05 am


