सुन तीन लाख ६ हजार ८०० रुपैयाँमा काराेबार,चाँदीकाे मूल्य कति ?
२ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ । यस दिन सुन सोमबारको कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ७७० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : August 18, 2026 at 12:37 pm


