२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

कोशीमा नेकपाका चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१ भदौ, काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेश सरकारमा सहभागी बनेको छ। कोशीमा नेकपाले चार मन्त्रालय सहित पाँच जनालाई मन्त्रिपरिषदमा पठाएको छ। उनीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेकपाबाट इलामकी खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएकी छन्। सोलुका गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानून, मोरङकी गीता तिम्सिना सामाजिक विकास, र जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्।

यस्तै, सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । साथै, मुख्यमन्त्री हिक्मत कार्कीले राज्यमन्त्रीलाई शपथ गराए ।

प्रकाशित मिति : August 17, 2026 at 5:43 pm