१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

१ भदाै, काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ताेलामा १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ६० रुपैयाँले बढेर तोलाको ४ हजार ७७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७१० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : August 17, 2026 at 11:10 am