३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

लक्ष्मी सनराइज बैंकको नाफा ३ अर्ब ११ करोड, प्रतिसेयर आम्दानी कति ?

३१ साउन, काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे नाफा अघिल्लो आर्थिक वर्षको ४ अर्ब ६ करोड २० लाख रुपैयाँको तुलनामा २३.२६ प्रतिशतले मा हाे ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७९ प्रतिशतले वृद्धि भएर ११ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । बैंकको कमिसन तथा शुल्कबाट हुने आम्दानी पनि १२.३८ प्रतिशतले बढेर २ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा अनुपात ५.२३ प्रतिशत पुगेको छ । २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले समीक्षा अवधिसम्म रिटेन्ड अर्निङमा १ अर्ब ९६ करोड रुपैयाँ र रिजर्भमा १९ अर्ब २५ करोड रुपैयाँ सञ्चित गरेको छ । बैंककाे वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ रहेकाे छ । यस आधारमा बैंकको लाभांश क्षमता ६.७९ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ११.६४ रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १७७.०२ रुपैयाँ र रिटर्न अन इक्विटी ६.७२ प्रतिशत रहेको छ । बैंकको मूल्य–आम्दानी अनुपात १८.४८ गुणा कायम भएको छ ।

प्रकाशित मिति : August 16, 2026 at 4:19 pm