सुनको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
३१ साउन, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : August 16, 2026 at 10:53 am


