काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२९ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे। बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।
प्रकाशित मिति : August 14, 2026 at 4:18 pm


