सुनको मूल्यमा उच्च गिरावट, कति पुग्यो तोलाको ?
२९ साउन, काठमाडाैं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन तोलामा चार हजार ६०० रुपैयाँ र चाँदी तोलामा ९० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : August 14, 2026 at 11:29 am


