२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

सिटिजन्स बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा कति ?

२९ साउन, काठमाडाैं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको सञ्चालन आम्दानी ४.१२ प्रतिशतले बढेर ८ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ पुगेको छ। शुल्क तथा कमिसन आम्दानी पनि ६.३३ प्रतिशतले बढेर १ अर्ब ४३ करोड २३ लाख रुपैयाँ पुगेको छ।

तर, सञ्चालन खर्च ८.२६ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको ४.८९ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ५२ करोड ३१ लाख रुपैयाँ रहेको छ।

बैंकले २ खर्ब ३३ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ७७ अर्ब ३३ करोड २२ लाख कर्जा लगानी गरेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५१ पैसा रहेको छ।

प्रकाशित मिति : August 14, 2026 at 10:43 am