हिमालयन डिष्टिलरीको नाफा १ अर्ब २० करोड, प्रतिसेयर आम्दानी कति?
२९ साउन, काठमाडाैं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब २० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९४ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी कुल सञ्चालन आम्दानी १२.६७ प्रतिशत बढेर ८ अर्ब ११ करोड ३७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको खुद बिक्री आम्दानी समीक्षा अवधिमा १७.८८ प्रतिशत बढेको छ भने कुल नाफा ४३.२५ प्रतिशत बढेको छ।
३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८ पैसा बढेर ३२ रुपैयाँ ७१ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.८५ गुणा रहेको छ।
प्रकाशित मिति : August 14, 2026 at 9:40 am


