२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

भिजन लुम्बिनी उर्जाको नाफा ९ करोड ४ लाख, प्रतिसेयर आम्दानी कति ?

२८ साउन, काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी १० करोड ५ लाख रुपैयाँ नोक्सानीमा थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५३.५८ प्रतिशत बढेर ५८ करोड २३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ५७.१७ प्रतिशत बढेको छ भने कुल आम्दानी १०६.८२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४२.७५ प्रतिशत बढेको छ।

१ अर्ब ९१ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७२ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्ष ५ रुपैयाँ २६ पैसा ऋणात्मक रहेको कम्पनीकाे प्रतिसेयर आम्दानी गत आर्थिक वर्ष ४ रुपैयाँ ७३ पैसा धनात्मक भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९०.४९ गुणा रहेको छ।

प्रकाशित मिति : August 13, 2026 at 1:53 pm