युनिलिभरको नाफा २० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
२८ साउन, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०५ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.०३ प्रतिशत घटेको छ भने कुल आम्दानी ४.४० प्रतिशत घटेको छ। ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४२९ रुपैयाँ ५३ पैसा घटेर १ हजार ७१२ रुपैयाँ २७ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार ५३९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.५७ गुणा रहेको छ।
प्रकाशित मिति : August 13, 2026 at 12:30 pm


