२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

२८ साउन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि देखिएको छ । बैंकले गत आवमा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको साेही अवधिकाे तुलनामा  ६०.६८ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १० अर्ब १५ करोड ३९ लाख रुपैयाँबाट १७.८५ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाख रुपैयाँबाट १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाख रुपैयाँबाट १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ८५ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेको बैंक गत वर्षसम्म आइपुग्दा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ धनात्मक भएको छ।

१५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोष ३७ अर्ब ३९ करोडबाट बढेर ३९ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह २ खर्ब ९२ अर्ब ३३ करोडबाट ३ खर्ब ३२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ५ खर्ब ४१ करोडबाट ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ पुगको छ । बैंकको प्रतिसेयर आम्दानी २९.१४ रुपैयाँ पुगेको छ । बैंककाे खराब कर्जा ३.७९ प्रतिशतबाट ३.९५ प्रतिशत कायम भएको छ।

प्रकाशित मिति : August 13, 2026 at 12:04 pm