२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

२७ साउन, काठमाडाैं । Nepal Automobile Importers and Manufacturers Association (NAIMA) द्वारा आयोजना भइरहेको NAIMA Nepal Mobility Expo 2026 पार्टनरका रुपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।

बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ०.५ प्रतिशत सेवा शुल्क तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको छ । उक्त विशेष योजना साउन २६ गतेदेखि ३१ गतेसम्म ९११–१६ अगस्ट २०२६० आयोजना भइरहेको NAIMA Nepal Mobility Expo 2026 अवधिभर लागू हुनेछ ।

सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन् । यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मिति : August 12, 2026 at 4:21 pm