२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

२७ साउन, काठमाडाैं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन तोलामा एक हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 12, 2026 at 11:47 am