१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

भुगोल इनर्जी ९२ लाख २७ हजार नोक्सानीमा, प्रतिसेयर आम्दानी कति ?

२६ साउन, काठमाडाैं । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनी ९२ लाख २७ हजार रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ करोड ९ लाख रुपैयाँ नोक्सानीमा थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५ करोड ३३ लाख रुपैयाँ बढेर ६ करोड २४ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४ करोड २२ लाख रुपैयाँबाट बढेर ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

५४ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ४६ रुपैयाँ २८ पैसा रहेको छ।

प्रकाशित मिति : August 11, 2026 at 12:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/