२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

सुनको मूल्यमा भारि वृद्धि, प्रतितोला तीन लाख सात हजार नाघ्यो

२६ साउन, काठमाडाैं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ। यस दिन सुन तोलामा छ हजार ४०० रुपैयाँ र चाँदी तोलामा १३५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबार चाँदी प्रतितोला चार हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 11, 2026 at 11:06 am