चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा ७२ करोड, प्रतिसेयर आम्दानी कति ?
२६ साउन, काठमाडाैं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ७२ करोड ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब १६ करोड आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको वित्त आम्दानी भने बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १३ करोड ४७ लाख रुपैयाँबराबरको वित्त आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म १३ करोड ५९ लाख रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । कम्पनीको अन्य आम्दानी भने ३ करोड ७० लाखबाट घटेर २ करोड ७८ लाखमा सीमित बनेको छ ।
९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब २६ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.५९ रुपैयाँ, पीई रेसियो ६४.१५ गुणा र प्रतिसेयर नेटवर्थ १२३.९० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : August 11, 2026 at 10:40 am



