२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

सानिगाड हाईड्रोको नाफा ३९० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२६ साउन, काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९०.१६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

dainiki.com

कम्पनीको विद्युत बिक्री आम्दानी पनि ३.६९ प्रतिशतले बढेर १ अर्ब ११ करोड पुगेको छ । यस्तै कम्पनीले १ लाख ७० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ५७ करोड ५१ लाख रहेको कम्पनीको वित्त खर्च घटेर ४० करोड ४७ लाखमा सीमित बनेको छ । यस्तै कम्पनीको अन्य सञ्चालन खर्च पनि २ करोड ५१ लाखबाट घटेर २ करोड ३८ लाखमा सीमित बनेको छ ।

२ अर्ब ८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३३ करोड ६४ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी  ६ रुपैयाँ ६१ पैसा बढेर ९ रुपैयाँ ३३ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.५२ गुणा रहेको छ।

प्रकाशित मिति : August 11, 2026 at 9:29 am