२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

एनआईसी एशिया बैंकका ग्राहकलाई राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न आग्रह

२५ साउन, काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई राष्ट्रिय परिचयपत्र (नेसनल आईडी) भए/नभएको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनअनुसार ग्राहकको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेकाले बैंकले आफ्ना खातावालालाई यस्तो आग्रह गरेको हो।

बैंकले ग्राहकलाई आगामी २०८३ असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण स्वघोषणा गरी अद्यावधिक गर्न अनुरोध गरेको छ।

ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘मोबैंक’ तथा वेबसाइटमा उपलब्ध ‘आईसर्भ’ मार्फत घरबाटै राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण स्वघोषणा वा अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ।

मोबाइल बैंकिङ प्रयोगकर्ताले MoBank मा लगइन गरी ‘Banking Services’ अन्तर्गत रहेको ‘Update NID’ विकल्पमार्फत विवरण अद्यावधिक गर्न सक्नेछन्। बैंकले वेबसाइटमार्फत पनि राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्ने सुविधा उपलब्ध गराएको छ।

बैंकका अनुसार विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले पनि विदेशमै बसेर अनलाइन माध्यमबाट राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका आवश्यक कागजातका आधारमा खाता खोल्न सक्ने व्यवस्था गरिएको छ।

यसरी विदेशबाट खोलिएको खातासँग सम्बन्धित खातावालाले नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने बैंकले जनाएको छ।

ग्राहकले आफूलाई पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमा पुगेर समेत राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण स्वघोषणा वा अद्यावधिक गर्न सक्नेछन्। बैंकले ग्राहकलाई निर्धारित समयभित्र विवरण अद्यावधिक गरी बैंकिङ अभिलेख अद्यावधिक राख्न आग्रह गरेको छ। बैंकले ग्राहकलाई निर्धारित समयभित्र विवरण अद्यावधिक गरी बैंकिङ अभिलेख अद्यावधिक राख्न आग्रह गरेको छ।

प्रकाशित मिति : August 10, 2026 at 6:06 pm