२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

कर्णाली डेभलपमेन्ट बैंक घोटालाः तत्कालीन सीईओसहित तीन जना पक्राउ

२२ साउन, काठमाडाैं । कर्णाली डेभलपमेन्ट बैंकमा भएको आर्थिक अनियमितता प्रकरणमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जना परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले तत्कालीन सीईओ शाहसहित उनकी श्रीमती शुभेक्षा श्रेष्ठ तथा कर्णाली विकास बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई पक्राउ गरेकाे हाे ।

dainiki.com

उनीहरूलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीकसिंह राठौरले बताए । उनीहरूमाथि बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : August 7, 2026 at 3:39 pm