७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

सुनको मूल्यमा उच्च वृद्धि, कति पुग्यो तोलाको ?

२१ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन तोलामा आठ हजार रुपैयाँ र चाँदी तोलामा ९५ रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार  सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ५७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारब चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 6, 2026 at 11:09 am