२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

बेलायत पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने रिजवान शेष पक्राउ

२० साउन, काठमाडौं। धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रु ७ लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ ।

पीडितको उजुरीका आधारमा काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरिएको हो । निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : August 5, 2026 at 6:02 pm