१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

एकैदिन तोलामा ४२ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

२० साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन तोलामा चार हजार २०० रुपैयाँ र चाँदी तोलामा ९५ रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारमा सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 5, 2026 at 11:29 am