२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

साढे २२ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

२० साउन, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चौथो त्रैमाससम्ममा ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.६७ प्रतिशतल बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ५ अर्ब ७ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने २.८५ प्रतिशतले घटेर १६ अर्ब २० करोड रुपैयाँमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने ३ अर्ब २२ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । याेसँगै कुल सञ्चालन आम्दानी पनि २.६१ प्रतिशतले वृद्धि भई २१ अर्ब ८० करोड ३९ लाख रुपियाँ पुगेको छ।

dainiki.com

अघिल्लो आवमा ४ अर्ब ५ करोड रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा बढेर ४ अर्ब ५८ करोड पुगेको छ । लाभांश क्षमता पनि १०.६४ प्रतिशतबाट बढेर १२.०२ प्रतिशत पुगेको छ । बैंककाे खराब कर्जाको अनुपात (एनपीएल) भने ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशतमा पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)  १३.३२ रुपैयाँबाट बढेर १६.३४ रुपैयाँ पुगेकाे छ । भने बैंककाे मूल्य आम्दानी अनुपात १४.६७ गुणा रहेकाे छ ।

प्रकाशित मिति : August 5, 2026 at 10:22 am