२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

ओएनएफ अष्ट्रेलियाको अधिवेशन अगष्ट १६ हुदै

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) अष्ट्रेलियाको छैठौँ अधिवेशन अगष्ट १६ आइतवार सिड्नीमा हुने भएको छ ।

स्थानिय ग्रान्ड फंक्शन सेन्टर, पारामाटा रोड, अबर्नमा हुने अधिवेशनको बिहान उद्घाटन तथा बन्द सत्र संचालन हुने र बेलुकी ५ बजे समापन तथा घोषणा सभा हुने मञ्चका प्रचार विभाग प्रमुख अशिम कोइरालाले बताउनु भयो । प्रमुख कोइरालाले अधिवेशनले पाचौ अधिवेशन देखि हाल सम्मको मञ्चको गतिबिधीको समिक्षा गर्दै आगामी दिनका लागि आवश्यक योजना निर्माण गर्नुका साथै तिन वर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने बताउनु भयो 

प्रमुख कोइरालाले अधिवेशन सफताका लागि विभिन्न समितिहरु गठन गरिएको र तिनले कार्यहरु अगाडि बढाएको बताउनुभयो ।

अधिवेशनमा  अष्ट्रेलियाका आठ वटै स्टेटबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थिति हुने जनाएको छ । भने समापन कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय कमिटी, ओशियाना कमिटी अलावा अष्ट्रेलियाका विभिन्न संघ संस्थाका अगुवाहरुको समेत उपस्थिति रहने छ ।

प्रकाशित मिति : August 5, 2026 at 8:01 am