१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

क्यानका पूर्वमहानिर्देशक अधिकारीलाई ३ लाख धरौटीमा छाड्न आदेश

१९ साउन, काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थलमा भ्रष्टाचार गरेको आरोप लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपको मुद्दामा अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले धरौटीमा छाड्न आदेश दिएपनि अन्य मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकाले  उनी थुनामुक्त भने हुने छैनन्।

प्रकाशित मिति : August 4, 2026 at 6:31 pm