९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

माण्डु हाइड्रोपावरको नाफा ४१४ प्रतिशतले बढ्यो, विद्युत बिक्री आम्दानी कति ?

१९ साउन, काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा ४१४.८० प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ६ करोड १८ लाख ७९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

गत आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ७९ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा २८८.२६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत २० करोड ४७ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ७३ करोड ३२ लाख रुपैयाँबाट बढेर ६९ करोड ५ लाख रुपैयाँ कायम भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ  र जगेडा कोषमा ५३ करोड ९३ लाख रुपैयाँबाट बढेर ८५ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)४.५४ रुपैयाँबाट बढेर २३.३६ रुपैयाँ पुगेको छ भने नेटवर्थ १६२.८८ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : August 4, 2026 at 2:52 pm