सिद्धार्थ बैंकको खुद नाफा ३ अर्ब ५१ करोड, प्रतिसेयर आम्दानी कति ?
१९ साउन, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोब छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड १२ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँबाट १ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको सञ्चालन मुनाफा ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७० करोड ५६ लाख रुपैयाँ छ ।
चुक्ता पुँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ९२ करोड रुपैयाँ छ । बैंकले ३ खर्ब २७ अर्ब १ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३३ अर्ब ८७ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा ०.६६ प्रतिशतबाट बढेर १.०६ प्रतिशत पुगेको छ । यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३.०६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २२५.१७ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : August 4, 2026 at 11:55 am



