७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

१८ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन तोलामा ८०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको बजारमा चाँदी प्रतितोला चार हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 3, 2026 at 11:22 am