१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

स्रोत नखुलेको २ लाख ९ हजार भारतीय रूपैयाँसहित दुई जना पक्राउ

१७ साउन, काठमााडाैं । स्रोत नखुलेको २ लाख बढी भारतीय रूपैयाँसहित २ जना पक्राउ परेका छन् ।  जगरनाथपुर गाउँपालिका-२ बाट स्रोत नखुलेको २ लाख ९ हजार ५ सय भारतीय रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङ रहेका छन् । इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले ना.१० प ४४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : August 2, 2026 at 5:20 pm