पाँच वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त धादिङका अन्जन भट्ट पक्राउ
१७ साउन, काठमाडौं । पाँच वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका-३ का ३३ वर्षीय अन्जन भट्ट छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।
उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा पाँच वटा बैंकिङ कसुरको उजुरी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा ५० लाखको बैंकिङ कसुरको उजुरी दर्ता भई उनी फरार रहेका थिए ।
त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा १५ लाख, जिल्ला प्रहरी परिसर काठमाडौंमा एक लाख ४८ हजार, प्रहरी वृत्त बालाजुमा २ लाख ५० हजार र प्रहरी वृत्त कालिमाटीमा एक लाख ८० हजार रुपैयाँ बराबरको बैंकिङ कसुरको उजुरी दर्ता भई उनी फरार भएका थिए ।
प्रकाशित मिति : August 2, 2026 at 12:31 pm



