१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदी भरूवा बन्दुकसहित पक्राउ

१७ साउन, काठमाडौं । जेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति पक्राउ परेका छन्। चितवनको राप्ती नगरपालिका-११ थाकलटार बस्ने ४५ वर्षीय आइतसिंह लामालाई प्रहरीले आइतबार बिहान उनकै घरबाट पक्राउ गरेको हो।

dainiki.com

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्र भुसन यादवका अनुसार लामाको साथबाट प्रहरीले भरूवा बन्दुक समेत बरामद गरेको छ। भदौ २४ गते उनी भरतपुर कारागारबाट भागेका थिए।

त्यतिबेला एकसिंगे गैँडा मारेको कुसरमा उनीमाथि १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएको थियो। लामामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : August 2, 2026 at 11:27 am