१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

१४ साउन, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। यस दिन सुन तोलामा ८०० रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ।

dainiki.com

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : July 30, 2026 at 11:16 am