प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ
१३ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पन्तलाई बुधबार बैंकिङ कसुरमा काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिएको हाे ।

कर्जा रकम दुरूपयोग गरेको कसुरमा पन्तलाई नियन्त्रणमा लिएको हो। उनीमाथि रुपन्देहीको एशियन भिलेज रिसोर्ट प्रालिलाई ४८ करोड रुपैयाँ कर्जा दिंदा अनियमितता गरेको लगायतका आरोपहरु लाग्दै आएको थियो । यसअघि यही प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मालाई पनि सिआइबीले पक्राउ गरेको थियो।
प्रकाशित मिति : July 29, 2026 at 5:32 pm



