काठमाडाैँबाट ठूलो परिमाणमा लागूऔषध बरामद, तीन जना नियन्त्रणमा
१३ साउन, काठमाडाैँ । सशस्त्र प्रहरीले काठमाडाैँबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । सशस्त्रले तीन जना मान्छे पनि नियन्त्रणमा लिएको छ । सशस्त्रले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका-१४ गाङखेलबाट साउन १२ गते सशस्त्र प्रहरीले ठुलो परिमाणको लागुऔषध तीन जनालाई लिएको छ ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया ५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ-५ घर भई हाल ललितपुर महालक्ष्मी थान- ६ बस्ने २४ वर्षीय दिपक राई लागूऔषध नियन्त्रणमा परेका छन ।
भारतबाट अवैध रूपले नेपाल ल्याई उक्त लागूऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको थापाले बताएका छन ।
सशस्त्रले उनीहरूको साथबाट डामाडोल नामक लागुऔषध १ लाख २० हजार क्याप्सुल, टाटा कम्पनी को BAC 7017 नम्बर एउटा हात्ती गाडी, बागमती प्रदेश ०२-०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान र नेपाली रूपैयाँ समेत बरामद गरेको छ । नियन्त्रणमा लिईएका तिनै जनालाई बरामद लागूऔषध, नेपाली रुपैयाँ, मोटरसाईकल र मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाउने तयारी छ ।
प्रकाशित मिति : July 29, 2026 at 7:04 am



