१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

एम्बुलेन्स दुरुपयोग गरेर आफूखुसी भाडा उठाएपछि वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

१२ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार यादवले वडाध्यक्षको जिम्मेवारीमा रहँदा सार्वजनिक प्रयोजनका लागि प्राप्त एम्बुलेन्सलाई निजी प्रयोगमा लगाई भाडा शुल्क उठाएर सार्वजनिक सम्पत्ति हिनामिना तथा हानी–नोक्सानी पुर्याएको आरोप लागेको छ।

dainiki.com

उक्त कार्यबाट सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर ठहर गर्दै उनीविरुद्ध १५ लाख ९ हजार २५० रूपैयाँ बिगो दाबी गरेको छ।

प्रकाशित मिति : July 28, 2026 at 4:37 pm