१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

आज देशभरका अस्पतालमा ओपिडी बन्द

१२ साउन, काठमाडाैं ।  नेपाल चिकित्सक संघले आज देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ। मंगलबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। योसँगै आज अस्पतालमा ओपिडी सेवा पनि बन्द भएकाे छ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल जस्ता ठूला सरकारी अस्पतालहरुमा आज ओपीडीमा बिरामी जाँच भएको छैन । ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको छ ।

साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको थियो।

dainiki.com

आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूमाथि समेत सांघातिक आक्रमण गर्नेमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कारबाही गर्न माग गरेको छ।

प्रकाशित मिति : July 28, 2026 at 12:31 pm