नबिल बैंकको १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र बन्द
१२ साउन, काठमाडौं । नबिल बैंकले देशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र बन्द गरेको छ । बैंकले सुर्खेत, बझाङ, अर्घाखाँची, तेह्रथुम, धनकुटा र डोटीमा सञ्चालित १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र बन्द गरेको जनाएको हो ।

बैंककाअनुसार बन्द गरिएका सेवा केन्द्रमा सुर्खेतको बराहताल-२ रानीघाट, बझाङको बित्थडचिर गाउँपालिका-१, २ र ९, अर्घाखाँचीको छत्रदेव-४, तेह्रथुमको फेदाप गाउँपालिका-२ ओयाकजुङ, ४ स्थित साम्दु, ५ स्थित इशिबु, धनकुटाको साँगुरीगढी-२ बुद्धिमोरङ तथा डोटीको सायल गाउँपालिका-२ स्थित छपाली, ६ स्थित डल्लेख र मेल्लेखमा रहेका शाखारहित बैंकिङ सेवा केन्द्र रहेका छन् ।
शाखारहित बैंकिङ सेवा बन्द भइसकेकाले सम्बन्धित प्रतिनिधिमार्फत अब उप्रान्त कुनै पनि बैंकिङ कारोबार नगर्न ग्राहकलाई आग्रह गरेको छ । बैंकले बैंकिङ सेवा लिन नजिकको शाखा वा डिजिटल बैंकिङ सेवा ‘लद्यबलप’ प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रकाशित मिति : July 28, 2026 at 10:34 am



