४ श्रावण २०८३, सोमबार | Tue Jul 21 2026

बढ्यो सुनको मूल्य, सोमबार कतिमा हुँदैछ कारोबार ?

४ साउन, काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितो दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी तोलामा ८० रुपैयाँले बढेर प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार २४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : July 20, 2026 at 11:11 am