कुलेश्वरमा गोली चल्यो, तीन जना पक्राउ
३ साउन, काठमाडौं । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना नेपाली नागरिक र एक भारतीय नागरिक छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरुलाई पक्राउ गरेको हो ।
लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको टोलीमाथि आक्रमण प्रयास भएपछि प्रहरीले गोली चलाउँदा भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएकाे छ । उनकाे खुट्टामा गोली लागेकाे छ। उनीहरुबाट औषधीजन्य लागुऔषध ठूलो मात्रामा बरामद भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : July 19, 2026 at 4:22 pm





