१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

एकैदिन तोलामा ३१ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

१ साउन, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला तीन हजार एक सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।

dainiki.com

बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार तीन दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो।

प्रकाशित मिति : July 17, 2026 at 11:26 am