सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
३२ असार, काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० ले बढेको छ भने चाँदी रु ९० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला छापावाल सुनको मोल रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ निर्धारण भएको छ ।

हिजो एक तोला सुन रु दुई लाख ८४ हजार ८०० र चाँदी चार हजार ४१५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : July 16, 2026 at 11:27 am





