४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन

३१ असार, काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् । बुधबार बिहान विभिन्न कृषि फार्मबाट गोलभेँडा लिएर माइतीघर पुगेका किसानहरूले बजारमा बिचौलियाको दबदबा कायम रहेको र उत्पादकले उचित मूल्य पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनीहरुले गोलभेँडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य मूल्य तोक, कृषि बिमा लागू गर लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : July 15, 2026 at 1:08 pm