सुनको मूल्य घट्ने क्रम जारी, कति पुग्यो तोलाको ?
३० असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । यस दिन सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर गिरावट आएको हो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : July 14, 2026 at 11:06 am





